The Poetry of Dr. Tulasa Diwas

म को हुँ


म म नै हुँ

या अरु कोहि

छुट्याउनै सक्दिन

म तिमी हो या

अरु कोहि म

खुत्याउनै सक्दिन |

धेरै पटक मैले आफुलाई सोधेको छुं

कैयो पटक मैले आफु लाई छामेको छुं

सोच्दा सोच्दा म थाकेको छुं

हेर्दा हेर्दा म आफु लाई

अरु कोहि जस्तो देखेको पनि छु

बास्तबमा म को हुँ |

लाग्छ मैले सोचेको मेरो आफ्नो हुदै होइन

मैले गरेका मेरा कामहरु

मेरा आफ्नो लाग्दै लाग्दैन

कहिलेकाहीं त

ऐनामा देख्दा आफ्नो अनुहार पनि

मेरो आफ्नो जस्तो पनि लाग्दैन

यसरि नै

मैले गरेका कतिपय कुराहरु

कतिपय मेरा कल्पनाहरु अनि

कतिपय मेरा ब्यबहार पनि

मेरा आफ्ना झैं लाग्दै लाग्दैनन्

त्यसैले म आफैलाई  

पटक पटक सोध्ने गर्छु

म को हुँ भनेर |

धेरै पटक त मैले सपनामा

आफु मरेको देखेर

आफुलाई छामेको पनि छुं

कतिपटक त बिपनामा

मैले आफुलाई हराएर

आफुलाई खोजेको पनि छुं

पटक पटक आफुलाई हराएर

धेरैपटक आफुलाई नै गुमाएर

म आफु कसरि

कुन अर्थमा जीइरहेछु

आफैलाई थाहा छैन

त्यसैले म सोध्ने गर्छु

आफुले आफै संग

बास्तबमा म को हुँ

म म नै हुँ या अरु कोहि |||

बसन्त श्रेष्ठ

भर्जिनिया, अमेरिका

०५/२२/२०१०